भारतका मध्यप्रदेश निवासी १८ वर्षीय ललित पटिदारले गिनिज वर्ल्ड रेकर्ड कायम गर्दै “सबैभन्दा धेरै कपाल भएको अनुहार” को उपाधि हात पारेका छन्। उनको अनुहार ९५% भाग कपालले ढाकिएको छ, जुन विश्वमै दुर्लभ मानिन्छ।
ललित पटिदारको अनुहारमा प्रति वर्ग सेन्टिमिटर २०१.७२ कपाल फेला परेको छ, जुन हालसम्मकै उच्च दर हो।
उनी हाइपरट्रिकोसिस नामक दुर्लभ रोगबाट ग्रसित छन्, जसका कारण शरीरमा अत्यधिक कपाल आउँछ। यसलाई ‘वेयरवोल्फ सिन्ड्रोम’ पनि भनिन्छ।
ललितले आफूलाई फरक देखिए पनि गर्व महसुस गर्छन्। सामाजिक सञ्जालमा पनि उनको अनुहार भाइरल भइरहेको छ।
गिनिज वर्ल्ड रेकर्डले विशेष परीक्षणपछि ललितलाई सबैभन्दा धेरै कपाल भएको अनुहार भएको व्यक्ति भनेर आधिकारिक रूपमा घोषणा गरेको हो।
यो अनौठो कीर्तिमान विश्वभर चर्चाको विषय बनेको छ। ललितको अनुहार देखेर तपाईंलाई कस्तो लाग्यो? तपाईंको विचार कमेन्टमा लेख्नुहोस्!